चिनियाँ राजदूतको सक्रियता बढ्यो, यान्छीले भेटिन् खनाल
नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक विवाद चुलिएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छिन्।
यसक्रममा यान्छीले मंगलबार बिहान नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छिन्।
यान्छी खनाललाई भेट्न उनको निवास डल्लु पुगेकी थिइन्। उनले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी थिइन्।
दुईबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको खनालनिकट स्रोतले जनाएको छ।
भेटमा के कुराकानी भयो भन्ने नखुले पनि नेकपाको आन्तरिक विवादका क्रममा यान्छीको सक्रियतालाई महत्वका साथ हेरिएको छ।