कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द 

कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द 

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले  आजदेखि (असार २३) आकस्मिक सेवाबाहेकका सबै सेवा स्थगित गरेको छ।

अस्पतालमा उपचारलाई भर्ना भएका बिरामीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भन्दै अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द  गरेको हो।

‘यस केन्द्रमा उपचारका लागि भर्ना भएका बिरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि थप सतर्कताका लागि असार २३ गतेदेखि अर्को सूचना जारी नभएसम्म आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ,’ अस्पतालद्वारा जारी सूचनामा भनिएको छ। 


 


Leave a Reply

Your email address will not be published.