बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल सुरु
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ।
अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बिहान ११ बजेर २० मिनेटमा बालुवाटार प्रवेश गरेका हुन्। पछिल्लाे समय पार्टीभित्र देखिएकाे आन्तरिक विवाद र शक्तिसंघर्ष कारण दुई अध्यक्षबीच तिक्तता बढेकाे छ।
विवादकै कारण जारी स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएकाे छ। बैठकअघि दुई अध्यक्षबीच सहमति कायम गराउनका लागि दाेस्राे तहका नेताहरूकाे पनि दाैडधूप बढिरहेकाे छ।
यसअघि, साेमबारकाे छलफलमा आवश्यक पर्दा वरिष्ठ नेताहरूलाई पनि छलफलमा सहभागी गराउने समझदारी बनेको थियाे।
सोमबारका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक पनि दुई दिनका लागि स्थगित भएको छ।
महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल जारी रहेकाले बैठक दुई दिन पर सारिएको हो। नेकपाको स्थायी समिति असार २४ गते ११ बजे बस्ने तय भएकाे छ।