साउदी र दुबईबाट झापा आएकामा संक्रमण पुष्टि

साउदी र दुबईबाट झापा आएकामा संक्रमण पुष्टि

झापामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लोपटक संक्रमण पुष्टि हुनेमा बिर्तामोड नगरपालिकाका २, मेचीनगरका १ र गौरीगञ्ज गाउँपालिकाका १ जना छन्।

बिर्तामोड नगरपालिका-४ का दुई पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरू दुबई र साउदी अरेबियाबाट आएको वडाध्यक्ष कुलप्रसाद संग्रौलाले बताए। दुवैजना  कञ्चनजंघा इन्स्टिच्युटकाे क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

योसँगै बिर्तामोडमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । यसअघि बिर्तामोड ७ का एक महिला र पुरुष तथा वडा ५ का एक पुरुषमा संक्रमण देखिएको थियो।

मेचीनगर नगरपालिका २ का का ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले बताए।

संक्रमित पुरुष भारतबाट आएका हुन्। उनी मेचीनगर-२ को मेची जनसाधारण मावि क्वारेन्टाइनमा बसेका थिए। मेचीनगरमा हालसम्म संक्रमितको संख्या ४२ पुगेको छ। छजना  निको भएर घर फर्किएका छन्।

गाैरीगञ्ज गाउँपालिका ३ का २५ वर्षीय पुरूषमा काेराेना पुष्टि भएकाे हाे। उनी असार १५ गतेे दिल्लीबाट आएको उपाध्यक्ष दीपेन्द्र थापाले बताए। गौरीगञ्ज संक्रमितको संख्या  १९ पुगेको छ।

झापामा कोरोना संक्रमितको संख्या २ सय ९०  पुगेको छ।


Leave a Reply

Your email address will not be published.