‘ढलको पानीमा किन काेराेना जाँचेको?’

‘ढलको पानीमा किन काेराेना जाँचेको?’

शनिबार बिहानै सञ्चारमाध्यममा एउटा खबर फैलियो- काठमाडौं उपत्यकाको ढलको पानीमा कोरोना भाइरस देखियो।

सेन्टर फर मलिकुलर डाइनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स-२’ प्रारम्भिक अध्ययनले ढलमा कोरोना संक्रमण देखिनुले समुदायस्तरमा फैलिएको अनुमान लगाएको छ।

तर, यसविपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ढलको पानीमा कोरोना भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएको यकिन गर्न नसकिने बताएको छ।

यही विषयलाई लिएर अहिले सरकार र परीक्षणकर्ता सिएमडिएनबीच समुदायमा कोेरोना भाइरस फैलिएको हो-होइन भन्ने ‘जुहारी’ चलिरहेको छ।

परीक्षण किन?

नेपालमा अहिलेको समयमा सबैको परीक्षण गर्ने क्षमता नभएको र समुदाय स्तरमा कोरोना भाइरस पुगेको छ कि छैन भन्ने उद्देश्य लिएर काठमाडौं उपत्यकाको ढलको पानी परीक्षण गरिएको डा. दिवेश कर्माचार्य बताउँछन्।

कोरोना संक्रमण देखिएका मध्ये ८० प्रतिशतभन्दा माथि लक्षणविहीन छन्।

‘अहिलेको सन्दर्भमा संक्रमण कहाँ छ र कसलाई छ यकिन हुन सकिरहेको छैन,’ डा. कर्माचार्यले मंगलबार आयोमेलसँग
भने,‘ समुदायस्तरमा संक्रमण छ कि छैन भनेर पत्ता लगाउन हामीले अनुसन्धान गरेका हौं।’

ढलको पानीमा देखिएको भारइसले कोरोना सार्ने वा नसार्ने विषयको थप अनुसन्धान भने भइरहेको उनले बताए।

‘सरकारले समुदायस्तरमा कोरोना भाइरस छँदै छैन भन्नु आधारहिन तथ्य हो,' डा. कर्मचार्यले भने, ‘ढलमा त्यत्तिकै कोरोना भाइरसका जीवाणु भेटिँदैन होला नि!’

उनका अनुसार परीक्षणका लागि १ सय घरको शौचालयको ढल एकै ठाउँ जाने मुख्य चार स्थानको ढलको पानीको नमुना लिइएको थियो। त्यसमध्ये दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको थियो।

आफूहरूको अनुसन्धानले केही व्यक्तिमा मात्र नभई समुदायस्तरमै संक्रमण फैलिएको पुष्टि भएको डा. कर्माचार्यले दाबी गरेका छन्।

उनका अनुसार परीक्षणका लागि १ सय घरको शौचालयको ढल एकै ठाउँ जाने मुख्य चार स्थानको ढलको पानीको नमुना लिइएको थियो। त्यसमध्ये दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको थियो।

१५ जना ‘फिल्ड एक्सपर्ट’ र १५ जना ल्याबका कर्मचारीको समूहले दुई महिना लगाएर उक्त परीक्षण गरेको थियो।

‘हामीले वैज्ञानिक परीक्षणका आधारमा भन्ने हो,’ डा. कर्माचार्यले भने, ‘सरकारले यस विषयमा आफैं थप अनुसन्धान पनि गर्न सक्छ।’

ढलको पानीमा कोरोना भाइरस काठमाडौंका जनघनत्व बढी भएका ठाउँमा भेटिएको उनले जानकारी दिए। तर, ती स्थानबारे थप केही खुलाउन चाहेनन्।

एक सातापछि ललितपुर महानगरपालिकाको समन्वयमा थप अनुसन्धान गर्ने डा. कर्माचार्यले बताए।

 

ढलको पानीमा कोरोना भाइरस देखिँदैमा समुदायमा फैलियो भन्न मिल्दैन ः स्वास्थ्य मन्त्रालय

ढलको पानीमा कोरोना संक्रमण देखिनुले समुदायस्तरमा फैलिएको अनुमान लगाउन नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ढल तथा अस्पतालबाट निस्कने फोहोर पानीमा जीवाणु दुई दिनसम्म बाँच्ने देखिए पनि संक्रमण भने नसर्ने विभिन्न अध्ययनले देखाएको उनको भनाइ छ।

समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भ्रम नफैलाउन मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

ढल तथा अस्पतालबाट निस्कने फोहोर पानीमा जीवाणु दुई दिनसम्म बाँच्ने देखिए पनि संक्रमण भने नसर्ने विभिन्न अध्ययनले देखाएको उनको भनाइ छ।

‘ढलमा के-कस्ता भाइरस भेटिएका हुन्, यसको आधिकारिकताबारे थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगममा स्वास्थ्य मन्त्रालयले गर्ने छ,’ प्रवक्ता डा. गौतमले भने।


Leave a Reply

Your email address will not be published.