पाटन अस्पतालमा मृत्यु भएका युवामा कोरोना पुष्टि 

पाटन अस्पतालमा मृत्यु भएका युवामा कोरोना पुष्टि 

आत्महत्या प्रयास गरेका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना पुष्टि भएको छ। आत्महत्या प्रयास गर्दा उनलाई डोरी काटेर बचाइएको थियो। 

त्यसपछि उनलाई उपचारका लागि पाटन अस्पतालमा ल्याइएको थियो। उपचार गर्दा गर्दै उनको मृत्यु भयो। 

उपचारसँगै कोरोना परीक्षणका लागि नमूनासमेत पठाइएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए। ‘हिजो राति नै मृत्यु भएको थियो, अहिले रिपोर्ट पोजेटिभ आयो’ उनले भने।

उनका आफन्तहरुका अनुसार उनी पहिल्यैदेखि मानसिक बिरामी थिए।  कोरोनाबाट यसअघि नेपालमा ३५ जनाको ज्यान गइसकेको छ ।


Leave a Reply

Your email address will not be published.