रातो मछिन्द्रनाथको रथाराेहण साउन शनिबार
रातो मछिन्द्रनाथको जात्राका लागि रथ निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ। वर्षा र सहकालका देवताका रूपमा रहेको रातो मछिन्द्रनाथको रथयात्रा लकडाउनका कारण पछि सरेको हो।
मछिन्द्रनाथको मूर्तिलाई पाटन ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुने प्रचलन छ।
गुठी संस्थान शाखा कार्यालय ललितपुरकाे मंगलबार बसेकाे बैठकले बुधबार असार २४ गते हुने भनिएकाे रथाराेहण हालका लागि स्थगित गरेकाे छ।
ललितपुरका विभिन्न ठाउँमा रथको परिक्रमा गराउँदै जावलाखेल ल्याएर भोटो देखाएपछि रातो मछिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ। भोटो देखाउनका लागि शुभसाइत हेर्नुपर्ने हुन्छ। यो उपत्यकाको सबैभन्दा लामो जात्रा पनि हो।