६७ वर्षीय वृद्धामा कोरोना देखिएपछि गौरादह बजार सिल

६७ वर्षीय वृद्धामा कोरोना देखिएपछि गौरादह बजार सिल

झापाको गौरादह बजार केही दिनका लागि  सिल गरिएको छ। काठमाडौंमा उपचार गराइरगेकी ६७ वर्षीय एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि बजार सिल गरिएको नगर प्रमुख रोहित साहले बताए।

उनी  गौरादह १ की स्थानीयबासी हुन्। सो गौरादह बजार क्षेत्र हो। काठमाडौं पाटन हस्पिटलमा हिजो गरिएको पिसिआर परीक्षणमा ति वृद्धामा कोरोन संक्रमण पुष्टि भएको थियो।

गौरादहको पूर्वमा गोल्छा चोकदेखि पश्चिम गौरीया खोला, उत्तर चैतु चोकदेखि दक्षिण कार्की चोकसम्मको क्षेत्र सिल गरिएको हो। त्यहाँ  आवत–जावत पूर्ण निषेध गरिएको प्रमुख साहले जानकारी दिए।

ति बृद्धाको सम्पर्कमा धेरै स्थानीय पुगेको र उनीगरुको कन्ट्र्याक ट्रेसिङ गर्न बजार क्षेत्र सिल गरिएको हो। अहिले  गौरादह १ नवदुर्गा पेट्रोल पम्प छेउका स्थानीय, सङ्क्रमित महिलाका परिवार, आफन्तहरूको पिसिआर परीक्षणका लागि  स्वाब संकलन गरिरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द श्रेष्ठले जानकारी दिए। समुदायमा कोरोना फैलिएको आशंकामा  स्थानीय त्रसित बनेका छन्।

घाँटीको समस्या देखिएपछि  उनलाई उपचारका लागि  बिर्तामोडको बी एन्ड सी हस्पिटल बिर्तामोड लगिएको थियो। त्यहाँ  उपचार  नभएपछि थप उपचारका लागि  काठमाडौं लगिएको हो। बृद्धाको साथमा छोराबुहारी छन्।

पाटन अस्पतालले कोरोना परीक्षण नगरी उपचार नगर्ने बताएपछि काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा उनमा  संक्रमण पुष्टि भएको हो।

उनी बिरामी भएपछि झापाका विभिन्न स्थानबाट आफन्त भेट्न आएका थिए। उनीहरूको पनि पहिचान गर्ने काम भइरहेको प्रमुख साहले बताए।

झापामा यसअघि बाह्रदशी, भद्रपुर , बिर्तामोड , कनकाई, दमक र मेची प्रादेशिक अस्पताल  आंशिक रुपमा सिल गरी कन्ट्र्याक ट्रेसिङ गरिएको थियो।   

झापाको कोरोना हटस्पर्ट मानिएको  कचनकवल एकसता भन्दा बढी सिल गरिएको थियो। कन्ट्र्याक ट्रेसिङ पछि संकलन गरिएको  स्वाब परीक्षण गर्दा कसैमा पनि संक्रमण भने देखिएको थिएन।


Leave a Reply

Your email address will not be published.