चितवनको चौबिसकोठीमा बोराभित्र शव फेला
भरतपुर महानगरपालिका १० स्थित मैयादेवी क्याम्पस अगाडि एक पुरुषको शव फेला परेको छ। आज (मंगलबार) दिउँसो बोराभित्र रहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा थापाले जानकारी दिए।
उनका अनुसार थप अनुसन्धानका लागि प्रहरी टोली घटना स्थलमा पुगेको छ। बोराभित्र रहेको शवको खुट्टा मात्र देखिएको छ।
शवको प्रकृति हेर्दा हत्या भएकाे हुनसक्ने अनुमान गरिएको छ। चौबिसकोठी क्षेत्रमा दुर्गन्ध फैलिएपछि शव फेला परेको हो।