गर्भवती तथा सुत्केरीलाई पोषिलो झोला वितरण

गर्भवती तथा सुत्केरीलाई पोषिलो झोला वितरण

गर्भवती तथा ६ महिनाभित्रका सुत्केरीहरूलाई पोषिलो झोला राहत वितरण गरिएको छ।

युनिसेफको सहयोग एवम् वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको आयोजनामा वडा १९  विन्दबासिनी स्वास्थ्य चौकीमा वडाध्यक्ष सन्तोष तिवारीले राहत वितरण गरेका हुन्।

वडामा रहेका १५० जना गर्भवती तथा सुत्केरीलाई अन्डा, नुन, दाल, चना, माक्स, साबुन र तेल वितरण गरिएको गैरसरकारी समन्वय तथा सामुदायिक विकास परिचालन शाखाका खरिदार खोभारी यादवले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.