नेपालमा थपिए २०४ कोरोना संक्रमित
नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिएका हुन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।