इन्जिनियरको गैरकानुनी कमाइ पन्ध्र वर्षमा तीन करोड

इन्जिनियरको गैरकानुनी कमाइ पन्ध्र वर्षमा तीन करोड

खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगन्जका सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उपाध्यायविरूद्ध तीन करोड १० लाख २७ हजार १५३ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

सार्वजनिक पदधारणपछि उपाध्यायको गैरकानुनी कमाइ अत्यधिक देखिएको अनुसन्धानमा खुलेपछि उपाध्यायलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

अख्तियारका अनुसार उपाध्यायले २०६३ साल पुस ५ देखि सरकारी सेवा सुरू गरेका थिए।

अनुसन्धानमा २०७७ जेठ मसान्तसम्मको अवधिमा उपाध्यायले सार्वजनिक सेवामा रहेर आर्जन गरेको सम्पत्ति १ करोड ९१ लाख १६ हजार २९८ देखिएको छ। 

सोही अवधिमा पाँच करोड एक लाख ४३ हजार ४५१ खर्च तथा लगानी गरेको देखिएको छ। 

अभियोग पत्रमा गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुलेको जफत गर्न र आवश्यक सजाय गर्न माग गरिएको छ। 
 


Leave a Reply

Your email address will not be published.