चार जिल्ला बने कोरोना मुक्त
नेपालमा चार जिल्ला कोरोना मुक्त बनेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले तेहथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोना मुक्त भएको बताए।
७७ जिल्लामा कोरोना फलिएकोमा हाल ४ वटा जिल्ला कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।
यसैगरी नेपालमा आज २०४ जना कोरोना संक्रमित थपिएका छन्।
मगंलबार थपिएकासहित नेपालमा संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको छ।
डा. गौतमले महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा रहेको जनाए।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।