काठमाडौं उपत्यकामा थपिए २८ संक्रमित
काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हालसम्म काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको छ।
उपत्यकाका तीन जिल्लामा हालसम्म २७६ कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।
मगंलबार देशभर २०४ जना संक्रमित थपिएका छन्। योसँगै देशभर कूल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।