प्रदेश २ मा १७ जनामा संक्रमण पुष्टि
प्रदेश २ मा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
घण्टामा प्रदेशका दुई जिल्लामा पछिल्लो २४ घण्टामा १७ जनामा संक्रमण पुष्टि भएको हो। १७ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ७५४ पुगेको छ।
मंगलबार धनुषा र महोत्तरी गरी १७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।
झाका अनुसार धनुषाको सवैला नगरपालिकास्थित क्वारेन्टाइनका ८ र महोत्तरीको भंगहा नगरपालिका क्वारेन्टाइनका ९ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेशका विभिन्न जिल्ला गरी ४६ हजार १६६ जनाको स्वाब संकलन भएकोमा ४० हजार २३७ जनामा निगेटिभ देखिएको छ भने ३ हजार ५०७ जनाको नतिजा आउन बाँकी छ।
प्रदेश २ मा हालसम्म सबैभन्दा बढी १ हजार २१८ जना कोरोना संक्रमित रौतहट जिल्लामा पुष्टि भएको छ। यसैगरी सप्तरीमा २३७, सिरहामा १९७, धनुषामा ४७०, महोत्तरीमा ७१२, सर्लाहीमा ६४९, बारामा १११ र पर्सामा १५७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
प्रदेशभित्र ३१ हजार ७९१ क्वारेन्टाइन बेड संख्या रहेको प्रदेश २ मा अहिले २ हजार ६७२, होम क्वारेन्टाइनमा १९ हजार ५५५ र आइसोलेसनमा ५८४ जना रहेका छन्।