शैलेश थापा २८ औं महानिरीक्षक
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त भएका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई सरकारले नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई नयाँ प्रहरी महानिरीक्षक नियुक्ति गरेको हो।
एआइजी प्रतिस्पर्धीमध्ये क्षत्री पहिलो रोलक्रममा थिए।
विद्यमान ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अवकाश पाउँदैछन्। उनी बुधबार घर पर्किँदैछन्। उनीसहित एक नम्बर एआइजी तारिणीप्रसाद लम्सालले पनि अवकाश पाउँदैछन्।
थापा प्रहरी महानिरीक्षकको कुर्सीमा २२ महिना हुनेछन्। उनीसँगै प्रहरी महानिरीक्षकको दौडमा अर्का एआइजी हरिबहादुर पाल पनि थिए।