संक्रमित वृद्धाको सम्पर्कमा आएका १०१ जनाको स्वाब संकलन

संक्रमित वृद्धाको सम्पर्कमा आएका १०१ जनाको स्वाब संकलन

झापा गौरादह नगरपालिका- १ की कोरोना संक्रमित वृद्धाको सम्पर्कमा आएका १०१ जनाको पहिचान भएको छ। कन्ट्रयाक्ट  ट्रेसिङ (सम्पर्क पहिचान) का आधारमा उनीहरूको पहिचान भएको हो।

ति वृद्धाको  सम्पर्कमा आएका १०१  जनाको स्वाब संकलन गरिएको छ। पिसिआर परीक्षणका लागि स्वाब बिराटनगर पठाइएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिए।

गौरादह बजार क्षेत्रमा  सुरक्षा अवस्था कडा परिएको छ। बिहानैदेखि सुरक्षाकर्मी परिचालित भएका छन्। एम्बुलेन्स र औषधी पसल बाहेक सबै बन्द गरिएको छ।

गौरादह नगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सूचना जारी गरेको छ। गौरादह १ नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी वृद्धा सयौं मानिस सम्पर्कमा आएको खुलेपछि गौरादहमा समुदायमा कोरोना संक्रमण फैलने डर बढेको हो।

घाँटीमा समस्या देखिएपछि ति महिलालाई असार ११ गते सुरुमा बिर्तामोडको बिएण्डसी हस्पिटल लगिएको थियो। त्यहाँबाट लगत्तै बिर्तामोडकै निलकण्ठ डाइग्नोस्टिक सेन्टर पुर्‍याइएको थियो।

बिर्तामोडमा उपचार असम्भव भएपछि काठमाडौंको पाटन अस्पताल लगिएको छ। उनको साथमा छोरा बुहारी छन्।

ति वृद्धा  बिरामी भएपछि उनलाई भेट्न दमक र भद्रपुरबाट आफन्तहरू आएको खुलेको छ। पाटन हस्पिटलमा पिसिआर परीक्षण गर्दा ति वृद्धामा कोरोना पोजेटिभ भेटिएको थियो।


Leave a Reply

Your email address will not be published.