नेपाल एयरलाइन्स चालक दलका थप सातजनालाई कोरोना संक्रमण

नेपाल एयरलाइन्स चालक दलका थप सातजनालाई कोरोना संक्रमण

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम चालक दलका थप सातजनालाई मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार निगमका ती चालक दलका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो। 

‘उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप दुईजनामा पनि कोरोना देखिएको छ। तर, उनीहरू निगमका कर्मचारी भने होइनन्,’ पाण्डेले आयाेमेलसँग भने। 

सोमबार निगमकै तीन पाइलट तथा ११ जना क्याबिन क्रु सदस्यलाई कोरोना पुष्टि भएको थियो।  

निगम व्यवस्थापनले साेमबार संक्रमण पुष्टि भएका सबैलाई पाँचतारे हाेटल साेल्टीस्थित क्वारेन्टाइनबाट आजै अस्पताल लगेकाे छ।
 


Leave a Reply

Your email address will not be published.