भरतपुरमा बोराभित्र मृत भेटिएका पुरुषको सनाखत
भरतपुर महानगरपालिका १० स्थित मैयादेवी क्याम्पस अगाडी एक युवकको शव फेला परेको छ। भरतपुर महानगरपालिका १४ स्थित शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङ्गको आज शव फेला परेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
मृतक गुरुङ्गको शव मैयादेवि क्याम्पस अगाडी झाडिमा बोरामा बेरेर फालिएको अवस्थामा फेला परेको थियो। उनी चारदिनदेखि परिवारको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुयबहादुर थापाले जानकारी दिए।
उनी नारायणगढमा मजदुरी गरेर बस्ने गरेका थिए। हत्याको आशंकामा प्रहरीले आज दुई जनालाई प्रक्राऊ गरेको छ। मृतकको शव भरतपुर अस्पतालमा पोस्टमार्टम गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ।