काेराेना स‌ंक्रमितमध्ये ४६ प्रतिशत निकाे भए

काेराेना स‌ंक्रमितमध्ये ४६ प्रतिशत निकाे भए

कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नेपालमा ४६ प्रतिशत निको भएका छन्। निको हुनेको प्रतिशतमा सार्क राष्ट्रमा नेपाल सबैभन्दा पुछारमा छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमितको तथ्यांक विश्लेषण गर्दा ४६ प्रतिशतले स्वास्थ्यलाभ गरेका हुन्।
स्वास्थ्य मन्त्रालयले संक्रमण देखिएकामध्ये ४६ प्रतिशत मानिस कोरोनाबाट निको भएको र अन्य संक्रमितको अवस्था पनि सुदृढ रहेको जनाएको हो। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट निको हुने दर बढिरहेको बताएका हुन्। मंगलबार मात्रै कारोना संक्रमित ६ सय ८८ जना निको भएका छन्।

मंगलबारसम्मको तथ्यांक हेर्दा नेपालमा १६ हजार १ सय ६८ संक्रमित भएका छन्। ७ हजार ४ सय ९९ जना निको भएका छन्। 
मन्त्रालयको अनुसार संक्रमित देखिएकामध्ये ४६ प्रतिशत मानिसले कोरोनाबाट निको भएका छन्।

मंगलबारसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा र ८ हजार ६ सय ३४ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।

कस्तो छ सार्क राष्ट्रमा?

भारतमा निको हुनेको संख्या ४ लाख ४१ हजार १ सय १२ रहेको छ। कुल ७ लाख २३ हजार १ सय ८३ जना संक्रमित रहेकोमा निको हुनेको प्रतिशत ६३ भन्दा बढी छ।  

पाकिस्तानमा निको हुनेको संख्या ५७ दशमलब ५ प्रतिशत छ। पाकिस्तानमा २ लाख ३४ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन्। 
बंगलादेशमा १ लाख ६८ हजार ६ सय कोरोना भाइरसको संक्रमणमा परेकामध्ये ४६ दशमलब ३ प्रतिशत अर्थात् ७८ हजार १ सय २ जना निको भएका छन्। 

भुटानमा ८० जना कोरोना भाइरसको संक्रमणमा परेकामध्ये ५४ जना अर्थात् ६७ दशमलब ५ प्रतिशत निको भएका छन्।

त्यसैगरी, माल्दिभ्समा २ हजार ४ सय ९१ संक्रमितमध्ये २ हजार १ सय १३ जना निको भएका छन्। यो ८४ दशमलब ८ प्रतिशत हो। 

श्रीलंकामा कुल २ हजार ७८ जना संक्रमितमध्ये १ हजार ९ सय ५५ जना निको भएको छ। जुन ९४ दशमलब १ प्रतिशत हो। 

कोरोना भाइरस फैलिएको चीनमा ९४ प्रतिशत निको भएका छन्। ८३ हजार ५ सय ६५ संक्रमितमध्ये ७८ हजार ५ सय २८ जना निको भएका छन्।

सबैभन्दा बढी संक्रमित रहेको संयुक्त राज्य अमेरिकामा ४३ दशमलब ६ प्रतिशत निको भएका छन्। अमेरिकामा ३० लाख ४१ हजार ३ सय ४ जना संक्रमित भएकामध्ये १३ लाख २५ हजार ५ सय १६ जना निको भएका छन्। 


Leave a Reply

Your email address will not be published.