एमसिसी संशोधन गर्न र अवैध नागरिकता छानबिन गर्न कांग्रेस वीपीको माग

एमसिसी संशोधन गर्न र अवैध नागरिकता छानबिन गर्न कांग्रेस वीपीको माग

नेपाली कांग्रेस (वीपी) ले कोरोना प्रकोपका बीच १८ जिल्लामा संगठन विस्तार गरिएको जानकारी दिएको छ। 

कांग्रेस (वीपी) का सभापति हरिबोल भट्टराईले २५ जिल्लामा विस्तार भएको र कोरोना जोखिम कम भएपछि थप १८ जिल्लामा संगठन विस्तार भएको बताएका हुन्। साथै भ्रातृसंघ र शुभेच्छुक संघ गठन भइसकेको भट्टराईले बताए।

मंगलबार पत्रकार सम्मेलन गरी भट्टराईले क्वारेन्टाइन व्यवस्थित गर्न, पिसिआर परीक्षण तीव्र पार्न र राष्ट्रघाती एमसीसीका बुँदा संशोधन गर्न माग गरेका छन्।

भट्टराईले भ्रष्टाचारविरुद्धको दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बताए। उनले नागरिकतामा धेरै उदार हुनु नपर्ने धारणा राख्दै अवैध रुपमा वितरित नागरिकता छानबिनको माग गरेका छन्।


Leave a Reply

Your email address will not be published.