सामसङले फोल्डिङ मोबाइल सेट ल्याउँदै
सामसङ कम्पनीले फोल्डिङ गर्न मिल्ने नयाँ मोबाइल सेट बजारमा ल्याउने भएको छ।
दक्षिण कोरियाको प्रसिद्ध मोबाइल कम्पनी सामसङले ‘ग्यालेक्सी जेट फोल्ड २’ नामको फोल्ड गर्न मिल्ने नयाँ मोबाइल अगस्ट ५ सम्म बजारमा ल्याउने बताएको छ।
रिर्पोटका अनुसार कम्पनीले ५ अगस्टमा अनलाइन कार्यक्रममार्फत उक्ता सेट सार्वजनिक गर्नेछ।
कम्पनीले नयाँ मोबाइल लन्च गरेकै दिन ग्यालेक्सी नोट २० र ग्यालेक्सी जेट फिलिपको ५ जी मोडल समेत सार्वजनिक गर्नेछ।
‘ग्यालेक्सी जेट फोल्ड २’ मोबाइल पुरानो मोडेल ग्यालेक्सी फोल्ड जस्तै हुने भनिएपनि त्यसभन्दा राम्रो सेवासुविधा र स्टाइलिस हुनुका साथै वाटर प्रुफ हुनसक्ने कम्पनीले जानकारी दिएको छ।
यसअघिको ग्यालेक्सी फोल्डमा फोल्ड गर्दा ४.६४ इन्चको स्क्रिन, १२ जीबि र्याम, ५ सय १२ जीबि स्टोरेज, ८ सय ५५ प्रोसेसर, ६ वटा क्यामेरा र पावरका लागि दुईवटा ब्याट्री उपलब्ध गराएको थियो।
दुवै ब्याट्रीको पावर ४ हजार ३ सय ८० एमएच थियो। ‘ग्यालेक्सी जेट फोल्ड २’ ग्यालेक्सी फोल्ड भन्दा सुविधासम्पन्न हुनेछ।