मनसुन सक्रिय हुँदै, कहाँकहाँ हुन्छ भारी वर्षा?
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा तराई क्षेत्रको भुभागमा रहने देखिन्छ। यसले बिहीबार रातिबाट तराई र पहाडी भुभागका केही क्षेत्रमा भारी वर्षा गराउने आकलन गरिएको छ। मनसुन सक्रिय हुने देखिएपछि अब मुलुकमा लगातार वर्षा हुनसक्ने चेतावनी समेत महाशाखाले दिएको छ।
बुधबार पनि सातवटै प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। देशभर सामान्यदेखि भारी वर्षा हुने भएकाले सुरक्षा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो।
भारी वर्षा हुने क्षेत्रका नदी, खोलामा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।
मंगलबार साँझ तीन दिनको मौसम सम्बन्धि जानकारी दिदै देशका सबै प्रदेशको मौसममा बद्ली आइ केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
यस्तो छ तीन दिनको मौसम
बुधबार
दिउँसोः देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ। प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, कर्णाली र सुदूपश्चिमका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बिहीबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
शुक्रबार
दिउँसोः देशका अधिकांश भूभागमा पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशका अधिकांश भूभागमा पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।