नेकपाको बैठक २६ गतेसम्म स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज ११ बजेका लागि बोलाइएको बैठक असार २६ गतेसम्म स्थगित भएको नेकपा अध्यय पुष्पकमल दाहाल (प्रचण्ड) का प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।
केही दिनदेखि नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। दुवै अध्यक्षलाई समस्या समाधानका लागि जिम्मेवारी दिएको बताइ पनि सहमति भने भएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बुधबार ४ बजे भेट्ने कार्यक्रम छ।