खेतमा काम गरी घर फर्कंदा लडेर एककाे मृत्यु

खेतमा काम गरी घर फर्कंदा लडेर एककाे मृत्यु

दाङमा खेतमा काम गरी घर फर्कने क्रममा कुलोमा लडेर एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा ८ अश्वारा अन्नपूर्णटोल निवासी ४८ वर्षीय केशरबहादुर भण्डारीको मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन्।

खेतमा काम गरी घरमा फर्कने क्रममा घरदेखि करिब ५० मिटर पश्चिमतर्फ रहेको नौबस्ता कुलोमा लडी पानीमा डुबिरहेको अवस्थामा भण्डारी फेला परेका थिए।

कुलोमा लडेर घाइते भएका उनकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।  


Leave a Reply

Your email address will not be published.