अनुशासनकाे कारबाहीमा परे कांग्रेस बाँकेका महासमिति सदस्य मल्ल
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई निष्कासनको कारबाही गरेको छ।
सचिव प्रेम केसीले बुधबार विज्ञप्ति जारी गरी नेपाली कांग्रेस पार्टीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको निष्कर्षसहित मल्ललाई ५ वर्षका लागि निष्कासन गरिएको जानकारी दिएका हुन्।
‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकाले मल्ललाई नेपाली धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरिएको केसीले उल्लेख गरेका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका दौरान मल्लले पार्टीको कार्यक्रम बिथोल्ने तथा पार्टीका कार्यक्रम तथा नेताहरूविरुद्ध अभिव्यक्ति दिएका थिए।