किसानको अनुदानमा पनि भ्रष्टाचार, नक्कली व्यक्ति खडा गरी रकम अपचलन

किसानको अनुदानमा पनि भ्रष्टाचार, नक्कली व्यक्ति खडा गरी रकम अपचलन

कनकाई नहर जल उपभोक्ता संस्थाका बाली संरक्षण अधिकृत खिलबहादुर श्रेष्ठ र उपभोक्ता संस्थाका सचिव नेत्रपति पोखरेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार दुवैलाई जनहीँ तीन लाख ८४ हजार ६५९ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

झापा गौरादह नगरपालिका-९ बैगुन्धुरास्थित नहरमा किसानलाई आउने सहयोग अनुदान कार्यक्रमको रकम हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

दुवैले चैत धान विशेष सहयोग कार्यक्रमको अनुदान रकम किसानलाई नदिइकन मृत्यु भएका व्यक्ति र काल्पनिक नाम राखी किर्ते गरेर रकम हिनामिना गरेको अभियोग पत्रमा दाबी गरिएको छ। 

झुठो बिल भरपाई तयार गरी कृषि ज्ञान केन्द्र झापामा पेश गरेको र कार्यालयका तत्कालीन बाली संरक्षण अधिकृत (छैठौं) खिरबहादुर श्रेष्ठले लाभग्राहीहरुको तीनपुस्ते विवरण, नागरिकता र चैते धान खेती गरिएको जग्गा सम्बन्धी विवरण यकिन नगरी भर्पाइ दिएर भ्रष्टाचार गरेको आरोप छ। 

पोखरेलले दिएको सिफारिसको आधारमा कृषि ज्ञान केन्द्र झापाले २० लाख ३१ हजार ७० रुपैयाँ भुक्तानी गरेकोमा १८ जना लाभग्राहीलाई भुक्तानी गरेकोमा घटी रकम ५९ हजार ६३९ र ५० जनाको झुठ्ठा विवरण उल्लेख गरी तीन लाख ८४ हजार ६५९ रुपैयाँ खाइमासेको पुष्टि भएको अख्तियारको दाबी छ।


Leave a Reply

Your email address will not be published.