नाराबाजीकैबीच सुदूरपश्चिम प्रदेशको बजेट पारित
प्रतिपक्षी दलहरूको लगातारको नाराबाजीकैबीच सुदुरपश्चिम प्रदेश सभाले सुदुरपश्चिम सरकारको आर्थिक बर्ष २०७७/२०७८ को बजेट पारित गरेको छ।
प्रतिपक्षी दलहरूको नाराबाजीकाबीच सभामुख अर्जुन थापाले अनुमति दिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट पारित होस् भनी प्रस्ताब पेश गरेका हुन्। उनको प्रस्तावमा सत्तापक्षका साँसदहरूले समर्थन गरेपछि बजेट पारित भएको हो।
बजेटसँगै प्रदेश सभाबाट सन्चित कोषबाट केही रकम खर्च गर्न पाउने बिधेयक पनि पारित भएको छ।