कर्णलीमा थप २० जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका पाँच र मुगुका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमितहरूको संख्या एक हजार पाँच सय ५० पुगेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
हालसम्म प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक हजार दुई सय ९१ जना निको भइसकेका छन् भने दुई सय ५३ जना आइसोलेसनमा सक्रिय विरामी रहेका छन्। कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भई ६ जनाको मृत्यु भइसकेको छ।