नेपाल एयरलाइन्स चालकदलका थप चारलाई कोरोना संक्रमण

नेपाल एयरलाइन्स चालकदलका थप चारलाई कोरोना संक्रमण

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चालक दलका थप चारजनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

निगमका एक उच्च अधिकारीका अनुसार २ सय ७४ सिट क्षमतायुक्त 'ए३३०-००' सिरिजको वाइडबडी जहाजका एक कोपाइलट तथा दुई एयरहोस्टेस र एक डिस्प्याचरलाई बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

'हाम्रो वाइडबडी जहाज उडाउने थप चारजनालाई कोरोना संक्रमण भएको छ,' उनले बुधबार आयोमेलसँग भने, 'अहिले ती सबैलाई सशस्त्र प्रहरी बलको बलम्बुस्थित युनिफाइड हस्पिटलमा आइसोलेसनमा राखिएको छ।'

निगमकै चालकदलका सातजनालाई हिजो (मंगलबार) र १४ जनालाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। ती सबै बलम्बुकै सशस्त्रको अस्पतालमा छन्।


Leave a Reply

Your email address will not be published.