ट्याक्सी चलाउन दिन सरकारलाई संसदीय समितिको निर्देशन

ट्याक्सी चलाउन दिन सरकारलाई संसदीय समितिको निर्देशन

संघीय संसद्को विकास तथा प्रविधि समितिले सरकालाई ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। 

बुधबार बसेको समितिको बैठकले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सीसीएमी) को मापदण्ड पूरा गरेर ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रायलाई निर्देशन दिएको हो। 

सरकारले लकडाउनकै अवधिमा पनि निजी सवारीसाधन सञ्चालन गर्न दिएको भएपनि सार्वजनिक यातायात ठप्प छ। यद्यपि निजी सवारीसाधन चलाउन पनि निश्चित मापदण्ड पालना गर्नुपर्छ। 

नेपालमा कोरोना भाइरस रोकथामका लागि११ चैतबाट लागू भएको लकडाउन साउन ७ गतेसम्मका लागि लम्ब्याइए पनि ट्याक्सी चल्न नदिएको भन्दै मजदुरहरु आन्दोलित थिए। 

यसरी ट्याक्सी सञ्चालन गर्न अर्थतन्त्र थप चलायमान हुने र सर्वसाधारणलाई आवातजावतमा थप सहज हुने समितिको विश्वास छ। 

समितिको बुधबारको बैठकमा सार्वजनिक सवारीसँग सम्बन्धित मजदुर, व्यवसायिक संगठनका पदाधिकारी, जनप्रतिनिधिबीच सार्वजनिक यातायात सञ्चालन नहुँदाको अवस्था र आगामी रणनीतिबारे छलफल गरेका थिए।

सार्वजनिक यातायातका अरु साधन चलाउनका लागि भने सिएमसी र मन्त्रालयसँग थप छलफल गर्ने निर्णय पनि समितिले गरेको छ। 
 


Leave a Reply

Your email address will not be published.