ओली र प्रचण्डबीच डेढ घण्टा छलफल

ओली र प्रचण्डबीच डेढ घण्टा छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि छलफल भएको छ।

ओली र प्रचण्डबीच बुधबार साँझ ५ बजेदेखि साढे ६ सम्म छलफल भएको हो। यद्यपि, दुई नेताको छलफल निर्णयको चरणमा पुगिसकेको छैन। 

निर्णायक संवाद सुरु गरिएको भनिएको ओली-प्रचण्ड छलफलमा पार्टी एकताका बखत भएको सहमतिको कार्यान्वयनकै सन्दर्भमा कुराकानी भएको छ। 

यसअघि, मंगलबार अढाई घण्टा छलफलमा बसेका ओली र प्रचण्डले बुधबार पनि संवादलाई निरन्तरता दिएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न नेकपाका दुई अध्यक्षको छलफल सहमति खोज्ने भन्ने विषयमै केन्द्रित छ।

स्थायी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्र प्रष्ट दुई धार देखिएको छ। 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिइरहँदा ओलीले सरकार र पार्टीको नेतृत्व दुवै नछाड्ने अडान लिइरहेका छन्। 

ओलीले संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएपछि नेकपामा शंका–उपशंकाको श्रृंखला उत्कर्षमा पुगेको छ। 

प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीलाई दुई पद छाडेर आराम गर्न दबाब दिइरहेका छन्।


Leave a Reply

Your email address will not be published.