सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाइने

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन्। 

राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक योजनाबारे बोर्डले आयोजना गरेको छलफलमा मन्त्री अर्यालले सहकारी क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा दीर्घकालीन रूपमा प्रभाव पार्ने दस्तावेज बनाउनेगरी तयार गरिएको बताइन्।

‘सहकारी क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने सन्दर्भमा दीर्घकालीन रूपमा प्रभाव पार्ने दस्तावेज बनाउनेगरी तयारी गरौं,' मन्त्री अर्यालले भनिन्। 

सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउन ठूलो चुनौती रहेको भन्दै मन्त्री अर्यालले सरकार, सहकारी अभियन्ता, विज्ञ सबै मिलेर सचेत हुनुपर्ने बताइन्। बोर्डले तयार गरेको दीर्घकालीन रणनीतिमा छलफल गरेर सुझाव दिन उनको आग्रह थियो।

राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन गर्न तयार पारिएको मस्यौदाका विषयमा पनि छलफल गरिएको थियो। सहकारी नीतिको सम्बन्धमा मन्त्री अर्यालले सहकारी नीति छलफलका लागि ल्याइएको भन्दै त्यसलाई सबै मिलेर समग्र सहकारी क्षेत्रलाई कसरी राम्रो बनाउने भनेर छलफल गरिने बताइन्। 

सहकारीलाई व्यवसायिकतामा लैजानुपर्ने, उत्पादनसँग जोड्नुपर्ने र सुशासन कायम गर्दै प्रविधिमैत्री बनाउनु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सहकारी नीतिको मस्यौदामाथि धेरै छलफल/अध्ययन गरेर सुझाव दिन आग्रह गरिन्।

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बचत तथा ऋण सहकारीलाई बढी नियमन गर्न आवश्यक बताए। मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी क्षेत्रलाई अझ बढी नियमन गर्न आवश्यक रहेको बताए।

रणनीतिक योजना र सहकारी नीतिका सन्दर्भमा छलफलपछि बोर्डका सह-अध्यक्ष दक्ष पौडेल र सदस्य सचिव चक्रबहादुर पराजुलीले सबैले राय लिएर अगाडी बताए।


Leave a Reply

Your email address will not be published.