नबिल बैंक र ह्वावे टेक्नलोजिजबीच रणनीतिक साझेदारी सम्झौता

नबिल बैंक र ह्वावे टेक्नलोजिजबीच रणनीतिक साझेदारी सम्झौता

नबिल बैंकले ह्वावे टेक्नलोजिज‌ससँग रणनीतिक साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र ह्वावेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरे।

बैंकका कार्यकारी अधिकृत शाहले ह्वावेजस्तो विश्वकै अग्रणी सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। सहकार्य  बैंकको ग्राहक केन्द्रित बन्ने अठोटमा टेवा पुग्ने बताए। 

कार्यक्रमा बोल्दै ह्वावेका नेपाल प्रतिनिधिले ह्वावेको क्लाउड प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङ प्रविधि क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली वाइफाइ–६  लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रक्रियालाई आन्तरिक सञ्चालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै थप सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।


Leave a Reply

Your email address will not be published.