कतार च्यारिटीको टोलीद्वारा बाँकेका क्वारेन्टाइनको अनुगमन

कतार च्यारिटीको टोलीद्वारा बाँकेका क्वारेन्टाइनको अनुगमन

कतार च्यारिटी नेपाल र इस्लामिक रिलिफ नेपालको एक टोलीले बाँकेका बिभिन्न गाउँपालिकाका क्वारेन्टाइनको अनुगमन गरेको छ। टोलीले बाँकेको राप्तीसोनारी गाउँपालिकाको क्वारेन्टाइनको अनुगमन गर्नुका साथै नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामाग्रीसमेत हस्तान्तरण गरेको छ।

बुधबार राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पुगेको कतार च्यारिटी नेपाल र इस्लामिक रिलिफ नेपालको सो टोलीले क्वारेन्टाइनको अवस्था बारे जानकारी लिनुका साथै स्थानीय सरकारसँग अन्तरक्रिया पनि गरेको छ।

कतार च्यारिटी नेपालका प्रोजेक्ट म्यानेजर इर्शाद शेष, इन्जिनियर आमिर फैसल र इस्लामिक रिलिफ नेपालका उमा नेपालको टोलीले राप्तीसोनारी गाउँपालिका ७ सररीको विद्यालयमा रहेको क्वारेन्टाइनमा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिनुका साथै स्टार्ट नेटवर्क युकेको सहयोगमा प्रदान गरिएको स्वास्थ्य सामाग्रीको उपयोगका बारेमा जानकारी लिएका थिए।

टोलीले नरैनापुर गाउँपालिकामा पुगेर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुका साथै अन्तरक्रिया गरेको थियो। सो अवसरमा कतार च्यारिटीका बाँकेको स्थानीय साझेदार संस्था बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले सामाग्रीको सूची अध्यक्ष शाहलाई हस्तान्तरण गरेका थिए।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष शाहले सबैको सहयोग र समन्वयले गर्दा नरैनापुरलाई कोरोना मुक्त बनाउन सफल भएको जनाउँदै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे।


Leave a Reply

Your email address will not be published.