नेपालगन्जमा थप दुईजनामा कोरोना संक्रमण
बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा बुधबार नेपालगन्जमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै भेरीमै गरिएको परीक्षणमा दाङका ४, रुकुमका ३, कालिकोटका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।
नेपालगन्जमा फेला परेका योभन्दा अगाडिका सबै संक्रमित निको भएर घर फर्किसकेका छन्। नेपालगन्जका बुधबार भएका संक्रमित २२ र ४५ वर्षका महिलाहरू हुन्।
बाँकेमा हालसम्म ३ सय ६८ संक्रमित रहेकोमा ३ सय ४८ संक्रमण मुक्त भएर घर फर्केका छन्। दुईजनाको संक्रमणको कारण मृत्यु भएको तथा १८ जना आइसोलेसनमा उपचारार्थ रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबारसम्म कोहलपुर नगरपालिकाकामा १०, खजुरा गाउँपालिकामा ४, राप्तीसोनारीमा २, जानकी र बैजनाथ गाउँपालिकामा १–१ जना संक्रमित उपचाररत छन्।