आजदेखि लगातार वर्षाको सम्भावना, कहाँकहाँ पर्छ पानी?
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा बिहीबार रातिबाट तराई र पहाडी भुभागका केही क्षेत्रमा भारी वर्षा गराउने आकलन गरिएको छ।
मनसुन सक्रिय हुने देखिएपछि अब मुलुकमा लगातार वर्षा हुनसक्ने चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको छ।
बिहीबार पनि सातवटै प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। देशभर सामान्यदेखि भारी वर्षा हुने भएकाले सुरक्षा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।
भारी वर्षा हुने क्षेत्रका नदी, खोलामा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।
बिहीबार बिहान तीन दिनको मौसम सम्बन्धि जानकारी दिँदै महाशाखाले देशका सबै प्रदेशको मौसममा बद्ली आइ केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
यस्तो छ तीन दिनको मौसम
बिहीबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकीका थोरै स्थानमा र प्रदेश ५ र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा र कर्णालीका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा र कर्णालीको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिमका थोरै स्थानमा र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शनिबार
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही मुलुकका सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सातै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश ५ र कर्णालीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।