सिन्धुपाल्चोकमा बाढीपहिरो, उद्धारका लागि सभामुख सापकाेटा सेनाको हेलिकोप्टर लिएर जाँदै (अपडेट)
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिरो परी बेपत्ता भएकाहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर परिचालनको तयारी गरिएको छ।
बुधबार राति भोटेकोशी- ५ स्थित बल्कुते खोलामा बाढी आउँदा दुई घर बगाएको छ। एउटै घरका चार जना सदस्य वेपत्ता रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
बाह्रबिसे नगरपालिका- ५ स्थित जम्बुमा बाढी गएको हो।
बाढीपहिरोले अरनिको राजमार्ग समेत अवरुद्ध गरेपछि खोजी/उद्धारका लागि नेपाली सेनाको एउटा र अर्काे निजी हेलिकोप्टर घटनास्थलतर्फ जाने तयारी छ। जंगीअड्डाका अनुसार सेनाका दुई हेलिकोप्टर तयारी अवस्थामा छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अनुरोधमा गृह मन्त्रालयले जंगीअड्डालाई हेलिकोप्टर पठाउन भनिसकेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मौसम अनुकूल भएसँगै सेनाको हेलिकोप्टर जाने आयोमेललाई बताए।
बाढीसँगै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध ब्चिछेद भएको छ। सिन्धुपाल्चोक घर भएका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ ले दुई गाउँका मासिन वारीको वारी नै र पारीको पारी नै अड्किएकाले हेलिकोप्टरको माग गरिएको बताए।
उनका अनुसार सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकोप्टरमार्फत घटनास्थलतर्फ जान लागेको हो । सभामुख सापकोटाको सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।
सम्बन्धित समाचार : भोटेकोशीमा चार जना वेपत्ता, बाह्रबिसेमा दुई जनाको शव भेटियो