कपिलवस्तुको महाराजगन्जमा योजना अनुगनमन

कपिलवस्तुको महाराजगन्जमा योजना अनुगनमन

कपिलवस्तुमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको अनुगमन गरिएको छ। संसदीय विकास कोष अन्तर्गतको कपिलवस्तु क्षेत्र नं. २ को महाराजगन्ज नगरपालिका अन्तरगतका योजना अनुगमन गरिएको हो।

महाराजगन्ज नगरपालिकामा घघुवा कुलो, सोइला सोतवा कुलो, गनौरिया बाँध, शहरी सडक र डिपबोरिङ गरी पाँच वटा योजनाहरू संचालनमा छन्। योजनाहरू १० लाखदेखि ६५ लाखसम्मका भएको नगरपालिकाका योजना शाखा प्रमुख निरञ्जन शर्माले जानकारी दिए। 

उनका अनुसार लकडाउनका कारण संसदीय विकास कोषको ७० लाखको ड्याम बनाउने योजना भने हुन सकेन। टेण्डर भएपनि सम्झौता हुन नसक्दा नगरपालिकाको वडा नं. ९ मा पर्ने कन्चनिया नदिको ड्याम निर्माणको योजनाका काम नभएको हो।  

पाँच वटा योजनाको काम अनुगमनमा लकडाउनका कारण केही ढिलाई भएपनि निर्माणको काममा प्रगति देखिएको पाईएको छ। कपिलवस्तु क्षेत्र नं. २ मा कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका र महाराजगञ्ज नगरपालिकाका साथै यशोधरा गाउँपालिका गरी ४ वटा पालिका पर्दछन्।

योजना अनुगमनमा कपिलवस्तु क्षेत्र नं. २ का सांसद ब्रिजेश कुमार गुप्ता, जिल्ला समन्वयन समितिका प्रमुख नारायण  खनाल, जिल्ला समन्वय अधिकारी रेवतीरमण शर्मा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वेदप्रसाद खरेल लगायतको उपस्थिति थियो। 


Leave a Reply

Your email address will not be published.