बेलायतमा घर बाहिर खाँदा ५० प्रतिशत छुट

बेलायतमा घर बाहिर खाँदा ५० प्रतिशत छुट

बेलायतमा अगस्ट महिनामा रेस्टुराँमा खाना खाँदा ५० प्रतिशत छुट दिइने भएको छ।

कोरोना भाइरसबाट सिर्जित समस्याका कारण अर्थतन्त्र धरासायी बनेका बेला सेवा क्षेत्र जोगाउन बेलायत सरकारले विभिन्न कदम उठाइरहेका बेला हाेटल क्षेत्रका लागि यस्ताे योजना अघि सारिएको हो।

बेलायतका वित्तमन्त्ती ऋषि सुनकका अनुसार देशभरका रेस्टुराँ, क्याफेमा खाँदा ५० प्रतिशत छुट पाइने छ। सुनकले ‘इट आउट टू हेल्प आउट’ छुटको घोषणा गरेका हुन्।

यद्यपि यो छुट मदिराका हकमा लागू हुने छैन। खाना र मदिरा बाहेकका पेय पदार्थ खाँदा छुट प्राप्त हुनेछ।

होटल र पर्यटन क्षेत्रमा लाग्दै आएको भ्याट पनि घटाएर ५ प्रतिशतमा झारिएको छ, जबकि यसअघि २० प्रतिशत थियो। यो नियम आगामी ६ महिनासम्म लागू हुने बीबीसीले उल्लेख गरेको छ।

बेलायतमा रेस्टुराँ तीन महिनापछि शनिबा पनि खुल्न थालेका छन्। यद्यपी काेराेना संक्रमण फैलन नपाओस् भनेर सुरक्षा मापदण‍ण्ड अनिवार्य रुपमा पालना गर्नुपर्छ।-


Leave a Reply

Your email address will not be published.