यी नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आह्वान

यी नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आह्वान

मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न क्षेत्रका नदीखोलामा बाढीको जोखिम बढ्दै गएको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक तीन वटा नदीमा बाढीको जोखिम देखिन्छ। ती नदी हुन् पूर्वी नेपालको कन्काई र मध्य नेपालका कमला र बागमती नदी हुन्।

पछिल्ला दिनमा वर्षा हुने क्रम बढेको र बिहीबार रातिबाट केही दिन निरन्तर पानी पर्ने सम्भावना रहेकाले जोखिम बढेको हो।

महाशाखाले तीबाहेक मुलुकका अन्य नदी तथा खोलामा पनि पानीको बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आह्वान गरेको छ।

बिहीबार चुरे र तराईबाट बहने साना नदीमा पानीको बहाव बढ्ने आकलन गरिएको छ।

बुधबार राति भोटेकोशी गाउँपालिका र बाह्रेबिसेमा बाढीपहिरोले दुई जनाको मृत्यु भएको छ, भने १८ जना बेपत्ता भएका छन्।


Leave a Reply

Your email address will not be published.