बाढीपहिरोका घटना बढे, जाेखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न पूर्वप्रम डा. भट्टराईकाे माग
जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्रराईले मुलुकभर बाढीपहिरोका घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गरेका छन्।
बुधबार राति भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पनि बाढीपहिरोले दुई जनाको ज्यान गएको छ, भने १८ जना बेपत्ता भएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सिन्धुपाल्चोकमा पछिल्लो भीषण बाढीपहिरो लगायत देशभर ठूलो जनधन क्षतिको शृंखला शुररु हुनु ज्यादै दुस्खद रहेको बताएका हुन्।
उनले जोखिमयुक्त बस्ती सार्न पनि सरकारसँग माग गरेका छन्। बिहीबार बिहान माइक्रोब्लग ट्वीटरमा लेखेका छन्, ‘ पहाडका भीरपाखामा मनपरी सडक लाने हैन। त्यहाँका बस्ती सुरक्षित ठाउँमा सार्ने सडक, पानी, बिजुली, शिक्षा, स्वास्थ्य बैंक लगायत पूर्वाधार केन्द्रित गरेर योजनाबद्ध बस्ती प्रणाली विकास गरौं।
सिन्धुपाल्चोकमा पछिल्लो भीषण बाढीपहिरो लगायत देशभर ठूलो जनधन क्षतिको शृंखला शुरूहुनु ज्यादै दु:खद छ।पहाडका भीरपाखामा मनपरी सडक लाने हैन त्यहाँका बस्ती सुरक्षित ठाउँमा सार्ने हो!सडक/पानी/बिजुली/शिक्षा/स्वास्थ्य/बैंक लगायत पूर्वाधार केन्द्रित गरेर योजनाबद्ध बस्तीप्रणाली विकास गरौं!
— Baburam Bhattarai (@brb1954) July 9, 2020
जेठ ३१ गते पर्वतको दुर्लुङ्गमा पहिरो खस्दा दुई घर पुरिएका थिए भने ९ जनाको ज्यान गएको थियो।
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गत शुक्रबार पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए, भने एक बेपत्ता छन्।