भारतीय मिडियाप्रति बाबुरामको टिप्पणी–‘अटर रबिस’
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा सत्तापलट गर्न ‘भारतीय गुप्तचर एजेन्सीका प्रमुखहरू अड्डा जमाइबसेको’ भन्ने समाचार छापेकोप्रति भारतीय मिडियालाई ‘पूरै खत्तम’ (अटर रबिस) उपमा दिएका छन्।
भारतको चर्चित अनलाईन म्यागजिन द पायनियरले आज ‘र, आइबी प्रमुखहरु राजनीतिक नेताहरुसँग भेटघाटको दौडधुपमा’ शीर्षक समाचार पोष्ट गरेको छ।
समाचारमा आगामी साता बुधबार हुने स्थायी समिति वैठकअगाडि नै प्रधानमन्त्री केपी ओलीको भाग्य निर्धारण गर्न काठमाडौंमा भारतीय गुप्तचर प्रमुखहरु बसेको उल्लेख छ।
नक्सा प्रकरणपछि भारतको नेपालमाथिको प्रभाव घट्दै गई चीन सक्रिय हुँदै गएको स्थितिमा रअका प्रमुख सामन्त कुमार गोयल र इन्टेलिजेन्स विभाग प्रमुख अरविन्द कुमार काठमाडौं आई बसेको द पायनियरको दाबी छ।
डा. भट्टराईले द पायनियरको रिपोर्टलाई अति गैरजिम्मेवार र निन्दायोग्य भनेका छन्। ‘द्विपक्षीय सम्बन्धमा दरार आएका बेला सञ्चारमाध्यम र नागरिक समाजको भुमिका मेलमिलापका लागि सहायकसिद्ध हुनुपर्छ, नकी आगोमा ध्यू थप्ने,’ उनले टिवट् गरेका छन्।
This is utter rubbish! Highly irresponsible and objectionable! When there is friction in state to state relations among good neighbours the media and civil society is expected to play a conciliatory&mediatory role and not to add fuel to the fire this way! https://t.co/IDQ9zKcwLi
— Baburam Bhattarai (@brb1954) July 9, 2020