सिन्धुपाल्चोक बाढीपहिरो: सभामुख चढेको हेलिकोप्टर खराब मौसमका कारण फर्कियो

सिन्धुपाल्चोक बाढीपहिरो: सभामुख चढेको हेलिकोप्टर खराब मौसमका कारण फर्कियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रका लागि उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी र  बाह्रबिसेमा गएको बाढीपहिरोमा बेपत्ता तथा आपतमा परेकाको खोजी उद्धारका लागि बिहान ९ बजे उडेको हेलिकोप्टर धुलिखेलको आकाशबाट फर्किएको हो।

हेलिकोप्टरमा सभामुख अग्निप्रसाद सापकोटासहित थिए। खराब मौसमका कारण हेलिकोप्टर गन्तव्यमा नपुगी फर्किपछि सभामुख सापकोटासहितको टोली अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ।

सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार अनकूल मौसमको प्रतिक्षा भइरहेको छ। अर्काे निजी हेलिकोप्टर पनि खराब मौसमका कारण गन्तव्यमा पुग्न सकेको छैन। काभ्रेको मंगलटारमा अवतरण भएको छ। 
 


Leave a Reply

Your email address will not be published.