‘मोस्ट वान्टेड’ दुवे भारतकाे मध्यप्रदेशबाट पक्राउ
भारतको कानपुरमा प्रहरीका डिएसपी देवेन्द्र मिश्रसहित आठ प्रहरीको हत्याका मुख्य अभियुक्त भनिएका विकास दुबे भारतीय प्रहरीले मध्यप्रदेशबाट बिहीबार पक्राउ गरेकाे छ ।
नेपालतर्फ भागेकाे हुनसक्ने जनाउँदै बुधबार छलफलका लागि जिल्ला प्रहरी कार्यालय बाँके पुगेका भारतीय प्रहरी अधिकृतहरुले सीमा अपराध तथा विशेषगरी विकास दुवेको खोजीका लागि सहयोग मागेका थिए।
दुवे नेपालतर्फ भाग्न सक्ने सम्भावना व्यक्त गर्दै सुरक्षा अधिकृतले समन्वयका लागि अनुरोध गरेका थिए।
समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश राज्यका गृहमन्त्री नरोत्तम मिश्राले पनि दुवे उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेको पुष्टि गरेका छन्।
कानपुरको चौबेपुरको बिकरु गाउँमा प्रहरीले त्यहाँको एउटा घरमा छापा मार्ने क्रममा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो।
घरभित्रै र वरिपरिका घरका छतबाटसमेत प्रहरीमाथि गोली बर्साइएको थियो। त्यो घरमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका दुबे लुकिरहेको खबर पाएपछि प्रहरी टोली छापा मार्न गएको थियो।
Vikas Dubey, the main accused in #KanpurEncounter case, has been arrested at a police station in Ujjain (Madhya Pradesh) pic.twitter.com/104s1YX4Pf
— ANI (@ANI) July 9, 2020