सडकमा रोक्दै, मास्क दिँदै झापाका प्रहरी    

सडकमा रोक्दै, मास्क दिँदै झापाका प्रहरी    

सरकारले  घरबाहिर निस्किँदा अनिवार्य माक्स लगाउन निर्देशन दिएको आज चौथो दिन हो। गृह मन्त्रालयले सूचना जारी गरेर त्यस्तो निर्देशन दिए पनि त्यसको पालना खासै भएको छैन। 

घर बाहिर निस्किँदा लाखौंको गाडी चढ्ने र समाजमा आफूलाई प्रतिष्ठित ठान्नेहरूले नै सरकारी आदेश अवज्ञा गरिरहेका छन्। सरकारी निर्देशन देशैभर उल्लंघन भएपछि सुरक्षा निकाय सरकारी निर्देशन कार्यान्वयन गराउन लागिपरेको छ। 

झापामा  प्रहरीले अहिले तीन रुपैयाँको सर्जिकल मास्क थमाएर मास्क लगाउन प्रेरित गरिरहेको  छ। सामाजिक रूपमा प्रतिकात्मक सन्देश दिन यस्तो अभियान सुरु गरेको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले बताए। 

'घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन सरकारले  दिएको निर्देशन समाजको  प्रतिष्ठित वर्गबाटै पालना नभएको देखियो,' उनले भने, 'सर्वसाधारण मात्रै होइन झापामा माक्स  नलगाउने जो कोहीलाई पनि  प्रहरीले सडकमा रोकेर मास्क दिएर अनिवार्य प्रयोग गर्न सम्झाइरहेको छ।'  

बिहीबार ( आज ) देखि  प्रहरी कडा रूपमा प्रस्तुत हुने उनले बताए। गृह मन्त्रालयले सोमबार माक्स नलगाई घर बाहिर निस्कनेलाई  कारबाही गर्न मातहतका  निकायलाई  निर्देशन दिएसँगै झापामा प्रहरी सक्रियता बढेको हो।

झापामा प्रहरीले तीनदेखि  माक्स नलगाई हिड्नेलाई रोकेर माक्स लगाउन आग्रह गरिरहेको छ।

प्रहरीले पूर्वपश्चिम लोकमार्ग ( काँकडभिट्टा देखि दमकसम्म) का विभिन्न ठाउँ र प्रायः सबै भित्री सडकसम्म सवारी साधनमा सवार तथा पैदल यात्रीलाई रोकेर माक्सको महत्त्वबारे बुझाइरहेको प्रमुख कोइरालाले बताए।

हिजोसम्म  सम्झाइएको  र अटेर गर्नेलाई आजबाट दण्ड जरिवाना गर्ने रणनीतिमा  प्रहरी रहेको जनाइएको छ।

लकडाउन खुकुलो भएसँगै मास्क नलगाउने, सेनिटाइजर प्रयोग नगर्ने र भौतिक दूरी कायम नगर्ने क्रम बढेपछि नियम पालना गराउन प्रहरीले प्रयास  थालेको हो।                          

झापाको काँकडभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली, बिर्तामोड,   लक्ष्मीपुर, सुरुंगा , झिलझिले, दमकको लोकमार्ग क्षेत्र  तथा गौरादह , गौरीगञ्ज, शिवगञ्ज , शनिश्चरे , बुधबारे , बनियानीलगायत बजर क्षेत्र र सदरमुकाम चन्द्रगढी-भद्रपुर क्षेत्रमा खटिएका प्रहरीले मास्क लगाए नलगाएको निगरानी गरिरहेको प्रहरीले जनाएको छ।

हातमा मास्क लिएको अवस्थामा बिर्तामोडको मुक्तिचोक समिप भेटिएका इलाका प्रहरी कार्यालय अनारमनीकााडिएसपी  मुकुन्द रिजालले सम्झाउँदा नमान्नेलाई मन्त्रालयको निर्देशन अनुसार पक्राउ गर्ने बताए।

'हामीले  मंगलबारदेखि सम्झाउने तथा मास्क लगाउन अनुरोध गर्‍यौं,' उनले भने, 'कसैले बलजफ्ती गरे माथिको आदेश पालना नगर्नुको विकल्प छैन।'

'हामीले  मंगलबारदेखि सम्झाउने तथा मास्क लगाउन अनुरोध गर्‍यौं,' उनले भने, 'कसैले बलजफ्ती गरे माथिको आदेश पालना नगर्नुको विकल्प छैन।'

उनका अनुसार  मास्क नलगाई हिड्नेलाई २० मिनेट होल्ड गरेर सम्झाउने र मास्क वितरण गर्ने गरिएको छ। गृहको निर्देशन लगत्तै कडाइ सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगूले बताए। उनले सवारी सञ्चालन तथा सडकमा पैदल यात्रा गर्दा मास्क नलगाए कारबाही गर्ने उल्लेख गरे।

सरकारले लडकडाउन जारी गरेको ४ महिना बित्न लाग्दा पनि कोरोना संक्रमण न्यूनीकरण तथा रोकथाम भने हुन सकेको छैन। सामाजिक दुरी कायम गर्दै आफ्नो दैनिकी संचालन गर्न सरकारले  छुट दिए पनि पूर्णरुपमा लकडाउन खुलेको छैन।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र बजार तथा सडकमा मास्क नलाउनेको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले कडा निर्देशन दिएको हो।

मास्क नलाई घर बाहिर निस्कने जो कोहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताइएको छ। कोरोना संक्रमण न्यूनीकरण तथा नियन्त्रणका  लागि यस्तो नियम लागू गरिएको गृहमन्त्रालयले जनाएको छ। नेपालमा १६  हजार ४२३ जनामा कोरोना संक्रमण देखापरेको छ।

कोरोनाकै कारण ३५ जनाले मृत्युवरण गर्नु परेको छ। यस्तो बेला  अझ सचेत र सम्वेदनशील बन्नु पर्ने अवस्थामा  सरकारी निर्देशनप्रति नागरिकले खासै चासो नदिए पछि मास्क नलगाई हिड्नेलाई प्रहरीले निगरानी सुरु गरेको हो।


Leave a Reply

Your email address will not be published.