दर्ज्यानी चिह्न लगाएपछि महानिरीक्षक क्षत्रीले भने- उत्कृष्ट संगठन बनाउँछु
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृहसचिव महेश्वर न्यौपानेले बिहीबार बिहान मन्त्रालयमा क्षत्रीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। नवनियुक्त प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने चलन छ।
दर्ज्यानी चिह्न पाएपछि क्षत्री कार्यभार सम्हाल्न प्रहरी प्रधान कार्यालय गएका छन्। पदभार ग्रहणपछि उनी पुन: गृह मन्त्रालयमा जानेछन्।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्री रामबहादुर थापाले उनलाई निर्देशन दिनेछन्। दर्ज्यानी चिह्न लगाएपछि नवनियुक्त प्रहरी महानिरीक्षक क्षत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता जनाएका थिए।
तीसवर्षे सेवा अवधिका कारण ठाकुरप्रसाद ज्ञवालीले बुधबार अवकाश पाएका थिए। क्षत्रीलाई मंगलबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गरेको थियो।
र, याे पनि