बाढीपहिराेकाे घटनाबाट दु:खी नेकपाका अध्यक्ष भन्छन्- विकासको मोडलबारे समयमै ध्यान दिनुपर्छ

बाढीपहिराेकाे घटनाबाट दु:खी नेकपाका अध्यक्ष भन्छन्- विकासको मोडलबारे समयमै ध्यान दिनुपर्छ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सिन्धुपाल्चोक, गुल्मी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको बताएका छन्।

उनले विज्ञप्तिमार्फत भनेका छन्, 'यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।'

'अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहीन भएर बिचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुट्न र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल गर्दछु। यसका साथै दीर्घकालीन रूपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपिल गर्दछु।'


Leave a Reply

Your email address will not be published.