हजुरआमाका हत्या आरोपी युवा थुनाबाटै हत्कडीसहित फरार

हजुरआमाका हत्या आरोपी युवा थुनाबाटै हत्कडीसहित फरार

हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका एकजना युवक प्रहरीको थुनाबाट हत्कडीसहित फरार भएका छन्। 

बुधबार बिहान  पक्राउ परेका धनगढीकाे चुरे गाउँपालिका वडा  ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर हिजै राति नै हत्कडीसहित थुनाबाट भागेका हुन्।

ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर राणाले बताए।

उनको खोजीका लागि कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक राणाले  जानकारी दिएका छन् । ऐर ७५ वर्षीया हजुरआमा पार्वती देवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए ।

उनले हजुरआमाको मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.