गण्डकी प्रदेशमा थपिए २० संक्रमित

गण्डकी प्रदेशमा थपिए २० संक्रमित

गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा, हेटौंडा र भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका सात जिल्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको हो।

पुष्टि हुनेमा लमजुङका पाँच, कास्कीका चार, नवलपुरका चार, म्याग्दी, बागलुङ, गोरखाका दुई-दुई र तनहुँका एकजना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

आज थपिएकासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ४९ पुगेको छ।

संक्रमितमध्ये ३ सय ८६ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ। 


Leave a Reply

Your email address will not be published.